विराटनगर : कटनुखोला उर्लिएपछि मोरङको रतुवामाई नगरपालिका–८ का बासिन्दाको जनजीवन नै प्रभावित हुन्थ्यो। खोला तर्न नसक्दा विद्यार्थी विद्यालय जान पाउँदैनथे, किसानले उत्पादन बजार पुर्याउन सक्दैनथे। काठ र बाँसका अस्थायी पुल बाढीले बगाउने क्रम पनि रोकिएको थिएन। स्थानीयले पक्की पुलको माग गर्न थालेको चार दशकपछि भने कटनुखोलामा त्यो सपना पूरा भएको छ। रतुवामाई–८ स्थित जनता बाँध क्षेत्रमा पर्ने डाम्राभित्ता बजार पूर्व भुल्काडोवा जोड्ने सडकमा २५ मिटर लामो पक्की पुल निर्माण भएको छ। द