चेतनाको ‘म्ह: पूजा’ !

  • शनिबार २२ कात्िक २०८३ ०४:०० PM
तिहारलाई नेवारहरू स्वन्ति नख:को रूपमा मान्ने गर्छन्। यही स्वन्ति नख:को चौथो दिन नेवार समुदायले म्ह:पूजा पर्व धुमधामसँग मनाउने चलन छ। म्ह:पूजा नेवार समुदायका लागि अत्यन्त ठूलो पर्व हो। यो पर्व कछलाथ्व पारु अर्थात् कार्तिक शुक्लपक्ष प्रतिपदाको दिन मनाउने गरिन्छ। यसै दिनदेखि नेपाल सम्वत्को नयाँ वर्ष पनि प्रारम्भ हुन्छ। बेलुका नेवार समुदायमा म्ह:पूजा गर्ने परम्परा छ। कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइन्छ।म्ह:पूजा नेवार समुदायमा हिन्दु र बौद्ध दुवै समुदायले मनाउने गर्छन्। म्ह:पूजा नेपाल भाषाको शब्द हो