सिन्धुली : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीमा शनिबार दिउँसो अटो दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्। झनझनेबाट मकवानपुरको झुरझुरेतर्फ जाँदै गरेको लु.प्र.०१-००१ स ८१४० नम्बरको अटो दिउँसो १:३० बजे अनियन्त्रित भई सडकबाट करिब १५ देखि २० मिटर तल खेतमा खस्दा ६ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते हुनेहरूमा मकवानपुर बागमती गाउँपालिका–१ बस्ने १९ वर्षीया कान्छीमाया पहरी, उनकी ३ वर्षीया छोरी समिक्षा पहरी, ९ वर्षीय प्रवास पहरी र ७ व