न्यायको महसुस गर्न अदालत र न्यायाधीशको भूमिका निष्पक्ष हुनुपर्छ : प्रस्तावित न्यायाधीश डाँगी

  • शनिबार २२ कात्िक २०८३ ०४:०० PM
काठमाडौं : सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीले जनताले वास्तवमै न्याय पाएको महसुस गर्न अदालत र न्यायाधीशहरूको भूमिका निष्पक्ष हुनुपर्नेमा जोड दिएका छन्।शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित न्यायाधीश डाँगीले न्याय मरेको अनुभूति हुन नदिन र जनताले वास्तवमै न्याय पाएको महसुस गर्न अदालत र न्यायाधीशहरूको भूमिका निष्पक्ष हुनुपर्ने बताएका हुन्। अदालतमा भ्रष्टाचार र बिचौलियाको खेल हुनु दुर्भाग्यपूर्ण भएको र सर्वोच्च अदालतसम्म पुग्दा यस्ता विषयले झन् ठूलो रूप लिनु चिन