काठमाण्डु – सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चन्द्रबहादुर सारु, जनक पाण्डे, गोकर्ण डाँगी र डा. रत्नबहादुर बागचन्दको नाम अनुमोदन गरेको हो । समितिका सभापति बोधनारायण श्रेष्ठले चारै जनाको नाम अनुमोदन भएको जानकारी दिए ।