काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकले डा.रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम अनुमोदन गरेको हो । उनीहरूको शुक्रबार र शनिबार समितिमा संसदीय सुनुवाइ गरिएको थियो । सुनुवाइपछि समितिले चारै जनाको नाम सर्वसम्मत रूपमा