सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको संसदीय सुनुवाइ आज पनि जारी रहेको छ । न्याय परिषद्ले डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो । संघीय संसद्को संसदीय सुनुवाइ समितिमा भइरहेको सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीशहरूको न्यायिक अनुभव, कार्यक्षमता, निष्पक्षता, न्यायिक स्वतन्त्रता र