सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै

  • शनिबार २२ कात्िक २०८३ ०८:२१ AM
काठमाडौं : तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ । चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको जनधनको सुरक्षा तथा सहज आवागमन सुनिश्चित गर्न आवश्यक मात्रामा प्रहरी परिचालन गरिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ अन्तर्गत सम्भावित सुरक्षा चुनौतीको विश्लेषण गरी संवेदनशील क्षेत्रमा प्रहरी जनशक्ति परिचालन तथा निगरानी बढाइएको हो । बजार क्षेत्र, धार्मिकस्थल, सार्वजनिक यातायात केन्द्र, सीमा नाका र बढी भीडभाड हुने स्थानलाई विशेष प्राथमिकतामा राखिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण ... The post सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै appeared first on Kalika Khabar.