काभ्रे : जिल्लाको पनौतीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई नगद सहित पक्राउ गरेको जिल्ला प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रबिन बिष्टले पनौती नगरपालिका–९ सुनथानस्थित सुरेश कुमार श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए। डिएसपी बिष्टले कात्तिक २१ गते बिहान करिब १२ बजे प्रहरी टोलीले छापा मार्दा उनीहरू तास खेलिरहेको अवस्थामा फेला परेका बताए। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई घटनास्थलबाट ३ बुक तास र नगद ३ लाख ४५ हज