काठमाण्डु – चीनमा जारी यु–१९ ‘बेल्ट एन्ड रोड सिरिज’मा नेपाली युवा महिला क्रिकेट टोलीले लगातार चौथो जीत निकालेको छ । शनिबार भएको खेलमा नेपालले आयोजक चीनलाई ८४ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४१ रन बनाएको थियो । नेपालका लागि टीका शाहले ३५ बलमा