काठमाडौं । आईसीसी विश्वकप छनोट प्ले–अफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्रतियोगिताको खेलतालिका सार्वजनिक गर्दै आगामी डिसेम्बर ४ अर्थात् मंसिर १८ गतेदेखि काठमाडौंमा प्रतियोगिता सञ्चालन हुने जनाएको छ। प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछन्। घरेलु टोली नेपालले पहिलो खेलमा मंसिर १८ गते इटालीसँग प्रतिस्पर्धा