काठमाडौं : सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश जनक पाण्डेले न्यायालयमा राजनीतिक प्रभाव पर्न नदिने बताएका छन्।शनिबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिमा सुनुवाईका क्रममा पाण्डेले अदालतमा आइसकेपछि राजनीतिलाई सधैं टाढै राख्नुपर्ने भन्दै राजनीतिक प्रभाव पर्न नदिने बताएका हुन्। न्यायाधीशले राजनीतिक पूर्वाग्रहबाट मुक्त भएर, राजनीतिक चप्पल बाहिरै खोलेर निष्पक्ष रूपमा न्याय दिनुपर्ने उनको भनाइ छ। उनले पञ्चवर्षीय योजना आएपछि फैसला लेखन र न्यायको गुणस्तरमा सुधार गर्नुपर्ने कुरामा जोड दिँद