सल्यान– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित नाम्रा क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायका महिला तथा बालबालिकासँग भेटघाट तथा संवाद गरेकी छन्। भेटका क्रममा मन्त्री बादीले राउटे समुदायको जीवनशैली, दैनिक आवश्यकता, जीविकोपार्जनका चुनौती तथा शिक्षा र स्वास्थ्यको अवस्थाबारे जानकारी लिएकी थिइन्। उनले समुदायका समस्या र आवश्यकतालाई