काठमाण्डु– सरकारले साइबर सुरक्षा र डाटा संरक्षणका लागि छुट्टै डाटा सुरक्षा बोर्ड स्थापना गर्ने तयारी गरेको छ। डिजिटल मिडिया फाउन्डेसनद्वारा शनिबार राजधानीको होटल हिमालयमा आयोजित ‘नेसनल एआई समिट २०२६’ मा बोल्दै प्रधानमन्त्री कार्यालयअन्तर्गतको सूचना प्रविधि तथा डिजिटल गभर्नेन्स कार्यालयका सहसचिव सुवास ढकालले यस्तो जानकारी दिएका हुन्। सरकारले आगामी ६ महिनाभित्र डाटा सुरक्षासम्बन्धी विधेयक मन्त्रिपरिषद्बाट पारित