तिहार नेपालको दोस्रो ठूलो पर्व हो, तर दार्शनिक र सांस्कृतिक गहिराइमा यसलाई दसैंभन्दा पनि व्यापक मानिन्छ। दसैं शक्ति र विजयको उपासना हो भने तिहार सम्बन्ध, कृतज्ञता र सहअस्तित्वको उपासना हो। यसले मानिसको मानिससँग, मानिसको पशुपक्षीसँग र मानिसको प्रकृतिसँगको सम्बन्धलाई दीपको उज्यालोमा बाँध्छ।ऐतिहासिक जरा र विकास : वेदमा लक्ष्मीको पूर्ण पौराणिक रूप नभए पनि श्री/समृद्धि देवीको अवधारणा र श्रीसूक्तमार्फत यसको जरा वैदिककालमै पुग्छ। तिहारको लक्ष्मी पूजालाई वैदिक निरन्तरताको रूपमा जोड्न सकिन्छ, विशेषगरी श्