विराटनगर : तिहारमा सयपत्री फूलको माला लगाउने परम्परा छ। यही परम्पराले नेपाली किसानका लागि आम्दानीको अवसर पनि सिर्जना गर्छ। तर, फूल खेतीमा लगानी बढाउँदै गएका किसानका लागि अहिले भारतीय फूल नै सबैभन्दा ठूलो चुनौती बनेको छ।खेतमा किसानले पसिना बगाइरहेका छन्। तर, बजारमा भने प्रतिबन्धित भारतीय प्राकृतिक र कृत्रिम फूलको कारोबार खुलेआम भइरहेको छ। परिणामतः स्वदेशी उत्पादनले उचित बजार र मूल्य पाउनेमा किसान ढुक्क हुन सकेका छैनन्।मोरङको विराटनगर, कटहरी र सुन्दरहरैँचामा व्यावसायिक फूल खेती विस्तार हुँदै गएको