सुनसरी : सुनसरीको धरानमा विस्फोटक पदार्थ बनाउन प्रयोग हुने पोटासियम नाइट्रेटजस्तो पदार्थसहित ३ जना पक्राउ परेका छन्। प्रहरीले धरान उपमहानगरपालिका–८ स्थित तीनकुने चेकिङ पोस्टमा मिनी ट्रक जाँच गर्ने क्रममा ४७ किलो ८७० ग्राम विस्फोटक पदार्थ बरामद गरेको छ।शुक्रबार इटहरीबाट धरानतर्फ आउँदै गरेको को.प्र.–०२–००२ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा प्रहरीले भन्सार छली ल्याइएका सामानसँगै शंकास्पद विस्फोटक पदार्थ बरामद गरेको छ। प्रहरीले विस्फोटक पदार्थ ओसारपसारमा संलग्न भएका मिनी ट