काठमाण्डु– सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले न्याय सम्पादन गर्दा राजनीतिक प्रभाव र पहुँचलाई पूर्ण रूपमा अलग राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संसदीय सुनुवाइ समितिमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले न्यायाधीशको कुर्सीमा बसेपछि राजनीतिक विचार, सम्बन्ध र आग्रह–पूर्वाग्रहको कुनै अर्थ नहुने बताएका हुन् । नेकपा एमालेकी सांसद पद्मा अर्यालले भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाणलाई