येशूलाई भेट्न पाइन्छ भन्दै अनुयायीलाई भोकै बस्न लगाउने पास्टरलाई २०० वर्ष कैद

  • शनिबार २२ कात्िक २०८३ ०६:११ AM
काठमाडौं : केन्यामा ४०० भन्दा बढी व्यक्तिको मृत्यु प्रकरणसँग जोडिएका धार्मिक अगुवा पल म्याकेन्जीलाई १९१ जनाको हत्यामा दोषी ठहर गर्दै २०० वर्षको जेल सजाय सुनाइएको छ। केन्याको तटीय सहर मोम्बासास्थित उच्च अदालतले शुक्रबार म्याकेन्जीलाई उक्त सजाय सुनाएको हो। उनले आफ्ना अनुयायीलाई येशूलाई भेट्न सकिने भन्दै भोकै बस्न निर्देशन दिएका थिए। यस घटनामा १९० बालबालिका र एक वयस्कको मृत्यु भएको थियो। गुड न्युज इन्टरनेसनल चर्चका नेता म्याकेन्जीलाई आफ्ना अनुयायीलाई दुर्गम स्थानमा लगेर भोकै बस्न बाध्य बनाएको आरोपमा मुख्य जिम्मेवार ठहर गरिएको छ। अदालतका अनुसार १८३ जनाको मृत्यु भोकमरीका कारण भएको थियो भने ... The post येशूलाई भेट्न पाइन्छ भन्दै अनुयायीलाई भोकै बस्न लगाउने पास्टरलाई २०० वर्ष कैद appeared first on Kalika Khabar.