नेपालको सांस्कृतिक आकाश अनेकौं चाडपर्वका रङले सुसज्जित छ। जो केवल पात्रोका तिथि र उत्सवका दिनमात्रै होइनन्। यी त चारै युगका सभ्यता, कथा, विश्वास, अनुभूति र जीवनदर्शनका पदचापहरू हुन्। खासमा ऐतिहासिक, आध्यात्मिक, प्राकृतिक र लोकजीवनका यिनै विविध रङले नेपाली संस्कृतिलाई आफ्नै मौलिक पहिचान र अनुपम गरिमा प्रदान गरेका छन्। चाडपर्वले प्रकृतिसँगको हाम्रो सम्बन्ध, जीवप्रतिको संवेदना, श्रमप्रतिको आदर, इतिहासको स्मृति र समाजलाई जोड्ने सद्भावलाई पुस्तौंसम्म जोगाएर राखेका हुन्छन्। यस अर्थमा चाडपर्व