काठमाडौं : पाराग्वेका राष्ट्रपति स्यान्टियागो पेना पक्राउ परेका छन् । शुक्रबार आफ्नै दलका केही सांसदसहितको समर्थनमा संसद्ले राष्ट्रपतिलाई पदबाट हटाउने पक्षमा मतदान गरेसँगै पेना पदमुक्त भएका थिए । त्यसको केही मिनेटलगत्तै उनलाई गिरफ्तार गरिएको हो।यो सम्पूर्ण घटनाक्रमको मुख्य कारण यसै हप्ताको सुरुमा ‘युनो बैंक’ बन्द भएपछि उत्पन्न संकटलाई मानिएको छ। पेना गत बिहीबार नै आफ्नो पदबाट राजीनामा दिने प्रस्ताव गरेका थिए। तर, सांसदहरूले उनको राजीनामा स्वीकार गर्नुको साटो महाभियोग चलाउने र उनीमाथि