बुटवल : जनताको घरदैलोमा स्थानीय सरकार आइसकेपछि विकासको लहर चल्यो। सडक नपुगेका गाउँ भेटिन मुस्किल पर्छ। अधिकांश सडक कालोपत्रे भइसकेका छन्। घरघरमै पानीका धारा छन्। वर्षात्मा सडक अवरुद्ध हुनै पाउँदैन, वडाले डोजर लगाएर सञ्चालन गरिहाल्छन्। खेतबारीमा सिँचाइको अभाव छैन। विगतको तुलनामा स्वास्थ्यमा पनि सुधार भएकै छ। १५ शय्याका अस्पताल धमाधम बनेका छन्। विद्यालय चिटिक्क छन्। यी सबै विकास गाउँमा छन् तर उपभोग गर्ने मानिस छैनन्। दिनप्रतिदिन गाउँका नागरिक सहर झर्ने क्रम बढेको छ। यसले के देखाउँछ भने भौतिक