ठमेल क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन एकतर्फी सवारी सञ्चालन (वान वे) वा सवारीसाधन निषेधित क्षेत्र (भेहिकल फ्रि जोन) बनाउने दुई विकल्प अघि सारिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले ठमेलको ट्राफिक व्यवस्थापनका लागि स्थानीय सरकार, व्यवसायी, घरधनी र स्थानीय बासिन्दाबीच सहमति आवश्यक रहेको बताएका छन् । शुक्रबार ठमेल