ममता काफ्लेको घटनाले एउटा परिवारलाई मात्र होइन, सिङ्गो नेपाली समाजको चेतना, हाम्रो पारिवारिक संस्कार, वैवाहिक सम्बन्ध र महिलाप्रतिको दृष्टिकोणलाई गम्भीर प्रश्न गरेको छ । एउटा शिक्षित, कर्मशील र आफ्नै भविष्य निर्माण गर्ने सपना बोकेकी महिलाको जीवनसँग जोडिएको यो घटनाले हामीलाई सोच्न बाध्य बनाएको छ । आखिर विवाहपछि एउटी महिलाको आफ्नो अस्तित्व कहाँ हराउँछ