कागको पूजा किन गर्ने ?

  • शनिबार २२ कात्िक २०८३ ०२:४७ AM
आज तिहार पर्वको पहिलो दिन काग तिहार मनाइँदै छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने तिहारको सुरुवात काग तिहारबाट हुन्छ । यस दिन कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गर्ने धार्मिक परम्परा छ । धर्मशास्त्रअनुसार कागलाई यमराजको दूत मानिन्छ । यमराजले पृथ्वीमा रहेका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म र मृत्युको विवरण राख्ने