१२.०२ ग्राम खैरो हेरोइनसहित चार जना पक्राउ

  • शनिबार २२ कात्िक २०८३ ०२:५३ AM
सुर्खेतको वीरेन्द्रनगरबाट लागू औषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका-१३, करेखोलाबाट २ जनालाई ३.१९० ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो। पक्राउ परेकाहरूको बयान तथा थप अनुसन्धानका क्रममा लागू औषध कारोबारमा संलग्न वीरेन्द्रनगर–१२ का थप दुई जनालाई ८.८३० ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको