ओली–दाहालका मुद्दा बोक्लान् कि छोड्लान् ?

  • शनिबार २२ कात्िक २०८३ ०७:०० AM
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमण नेपाल भारत सम्बन्धमा विगतका सरकारले उठाउँदै आएका तर निष्कर्षमा पुग्न नसकेका मुद्दाको पुनः परीक्षण गर्ने अवसरका रूपमा हेरिएको छ। आर्थिक सहायता, सीमा विवाद, ऊर्जा व्यापार, हवाई प्रवेश मार्ग, पञ्चेश्वर आयोजना, व्यापार घाटा र पारवहन सुविधाजस्ता विषय यसपटक पनि भ्रमणका सम्भावित प्राथमिकतामा छन्।प्रधानमन्त्री शाहको भारत भ्रमण मंसिर ६ देखि १० गतेसम्म गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले जानकारी दिए। यसअघि भनिएको कात्तिक अन्तिम स