आज काग तिहार मनाइँदै

  • शनिबार २२ कात्िक २०८३ ०७:०० AM
काठमाडौं : यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज कात्तिक कृष्ण त्रयोदशीका अवसरमा यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा खानेकुरा खान दिएर ‘काग तिहार’ मनाइँदैछ।यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ। कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भन्ने जनविश्वासका साथ आजको दिन कागलाई पूजाआराधना गरी मनपर्ने खानेकुरा दिई खुसी पार्ने गरिन्छ। लोकव्यवहारमा काग घरमा आएर कराएमा 'शुभ बोल, शुभ बोल' भन्ने प्रचलनसमेत रहिआएको छ। का