नेपालको पहिलो खेल इटालीसँग

  • शनिबार २२ कात्िक २०८३ ०६:०० AM
काठमाडौं : आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्लेअफको खेलतालिका सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले शुक्रबार सार्वजनिक गरेको खेलतालिकाअनुसार घरेलु टोली नेपालले प्रतियोगिताको उद्घाटन खेलमा इटालीसँग प्रतिस्पर्धा गर्ने भएको छ। प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म नेपालमा आयोजना हुँदैछ। जसमा नेपालसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।नेपालले डिसेम्बर ४ मा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा इटालीसँग खेल्दै छनोट अभियान सुरु गर्नेछ। घरेलु मैदान