सङ्खुवासभा । खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सम्पन्न सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक जिल्लाको सेकाहा सामुदायिक क्लबले जितेको छ । महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको फाइनलमा सेकाहाले सुनसरीको न्यू स्टार क्लबलाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै सेकाहाले नगद रु पाँच लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता न्यू