प्रहरी नेतृत्वमा दुई आईजीपी भएको दानबहादुर कार्कीको दाबी

  • शनिबार २२ कात्िक २०८३ ०३:०० AM
काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले सरकारको निर्णयले प्रहरी संगठनमा दुई जना आईजीपीस्तरका पदाधिकारी सिर्जना गरेको दाबी गरेका छन् ।सरकारले आफूलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णयविरुद्ध कार्कीले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उनले आफूलाई पदबाट हटाउनुअघि सुनुवाइको अवसरसमेत नदिइएको भन्दै पुनर्बहालीको माग गरेका छन् ।रिटमा कार्कीले सरकारको निर्णयले प्रहरी संगठनको आदेश शृंखलामा अन्योल सिर्जना गरेको र प्रहरी नेतृत्