अमेरिकी मध्यावधि निर्वाचनको असर एआई बजारमा, प्रविधि कम्पनीको मूल्यांकनमाथि प्रश्न

  • शनिबार २२ कात्िक २०८३ ०३:०० AM
काठमाडौं : अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीको जितपछि कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा थप नियमन हुन सक्ने आशंकाले विश्व सेयर बजारमा ठूलो गिरावट आएको छ । विशेषगरी एआई प्रविधिमा लगानी गरेका प्रमुख कम्पनीहरूको सेयर मूल्यमा भारी गिरावट देखिएको छ ।अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले संसद्का दुवै सदनमा नियन्त्रण कायम गरेपछि एआई तथा डाटा सेन्टर विस्तारमा कडा नियम लागू हुन सक्ने आशंका बढेको हो । डाटा सेन्टरको अनियन्त्रित विस्तार रोक्ने विषयलाई डेमोक्र्याटिक नेताहरूले च