ट्रम्पका नयाँ चिफ अफ स्टाफमा स्टेफन मिलर नियुक्त

  • शनिबार २२ कात्िक २०८३ ०२:०० AM
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको चिफ अफ स्टाफमा स्टेफन मिलरलाई नियुक्त गरेका छन् । उनले यसअघि उक्त जिम्मेवारी सम्हाल्दै आएकी सुसी वाइल्सलाई हटाएर आफ्ना निकट सहयोगी मिलरलाई नयाँ जिम्मेवारी दिएका हुन् ।ट्रम्पले शुक्रबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत मिलरलाई आगामी सोमबारदेखि नयाँ जिम्मेवारी दिइने घोषणा गरेका हुन् । यसअघि उनी ट्रम्प प्रशासनमा उपप्रमुख (डेपुटी चिफ अफ स्टाफ) का रूपमा कार्यरत थिए ।ट्रम्पले वाइल्सले उत्कृष्ट काम गरेको भन्दै उनलाई आफ्नो राजनीतिक अभियान सञ्चा