सल्यानमा पानीमा डुबेर दुई बालकको मृत्यु

  • शनिबार २२ कात्िक २०८३ ०१:०० AM
काठमाडौं : सल्यानमा पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्लाको कालीमाटी गाउँपालिका-७ घुईयाबारीका आठ वर्षीय योगेश बुढा र अंकित बुढाको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वर रोकायका अनुसार शुक्रबार साँझ करिब साढे ५ बजे घरबाट खेल्न निस्किएका दुवै बालक अबेरसम्म घर नफर्किएपछि आफन्त र स्थानीयले खोजी सुरु गरेका थिए ।खोजीका क्रममा प्रहरी र स्थानीयको टोलीले साँझ करिब ७ बजे बबई नदी किनारमा पानी जमेको सानो नालामा दुवै बालक डुबेको अवस्थामा फेला पारेको थ