यू–१९ एसिया कप : भारतसँग नेपाल १० विकेटले पराजित

  • शनिबार २२ कात्िक २०८३ १२:०० AM
काठमाडौं : एसीसी यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ ।ओमानको अल अमेरातमा भएको खेलमा टस जितेर पहिले बलिङ गरेको भारतले नेपाललाई ४२.३ ओभरमा १२८ रनमै अलआउट गरेको थियो । नेपालले दिएको १२९ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाई पूरा गर्‍यो ।नेपालका लागि दर्श सोनारले सर्वाधिक ४३ रन बनाए । उनले ९३ बलमा १ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, आशिष लुहारले २९ र ओपनर नीरजकुमार यादवले २० रनको योगदान दिए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।भारतका अर्जुन