साउदी अरब : साउदी अरबमा पछिल्लो समय देखिएको हवाई उडानसम्बन्धी असहज परिस्थितिका कारण नेपाल–साउदी अरब आवतजावत गर्ने हजारौँ नेपाली यात्रु समस्यामा परेका छन्। विशेषगरी हिमालयन एयरलाइन्सका उडानहरू लगातार रद्द तथा अनिश्चित हुँदा स्वदेश फर्किन र रोजगारीका लागि साउदी अरब आउन लागेका नेपाली यात्रुहरू ठूलो सकसमा परेका हुन्।प्राप्त विवरणअनुसार गत ११ अक्टोबरदेखि ५ नोभेम्बर २०२६ सम्म दमाम–काठमाडौं र काठमाडौं–दमाम रुटका हिमालयन एयरलाइन्सका २६ उडान रद्द भएका छन्। यसबाट करिब ३ हजार ७५० यात