दुई घण्टासम्म ट्याक्टरमुनि छटपटाए चालक, उद्धार गर्दा मृत्यु भइसकेको थियो

  • शुक्रबार​ २१ कात्िक २०८३ ०९:०० PM
विराटनगर : मोरङको कटहरीमा दुर्घटनामा परेर ट्याक्टरमुनि च्यापिएका एक चालकले दुई घण्टाभन्दा बढी समय छटपटिँदै बिताए। उनलाई बाहिर निकाल्न स्थानीय र प्रहरीले निरन्तर प्रयास गरे पनि ट्याक्टर र त्यसमा लोड गरिएका गोलिया काठ पन्छाउन नसक्दा उद्धारमा ढिलाइ भयो। अन्ततः ट्याक्टर उठाएर बाहिर निकाल्दा चालकको मृत्यु भइसकेको थियो। कटहरी गाउँपालिका–६ सनिहाटस्थित भित्री सडक खण्डमा शुक्रबार दिउँसो दुर्घटना हुँदा धनपालथान गाउँपालिका–१ का ५५ वर्षीय सदानन्द साहको मृत्यु भएको हो। मोरङका ट्राफिक प्रहरी