पोखराको लगातार चौथो हार, चितवन ३० रनले विजयी

  • शुक्रबार​ २१ कात्िक २०८३ ०९:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको १७औं खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सविरुद्ध ३० रनको जित दर्ता गरेको छ। किर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५१ रन बनाएको थियो। चितवनले दिएको १५२ रनको विजयी लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स १९ ओभरमा १२१ रन बनाउँदै अलआउट भएको हो। पोखरा एभेन्जर्सको लागि वान डाउन आएका अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए। उनले ४४ बलमा ३ चौका र १ छक्का प्रहार गरे। उनलाई अ