रसुवा – भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई आर्थिक सहयोग तथा मानवीय सहायता उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी र रसुवाको गोसाइँकुण्ड गाउँपालिकाबिच सम्झौता भएको छ । बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुन:स्थापनामा सहकार्य गर्ने उद्देश्यले दुवै पक्षबिच साझेदारी सम्झौता भएको हो । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष डा. विशालकुमार भण्डारीको उपस्थितिमा आयोजित कार्यक्रममा