नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राजदूत दलेलाले राष्ट्रपति पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। ओहोदाको प्रमाणपत्र पेस गरेसँगै दलेलाले नेपालका लागि भारतीय राजदूतका रूपमा औपचारिक जिम्मेवारी सम्हाल्ने प्रक्रिया पूरा गरेका छन्।