प्रसूतिका क्रममा समस्या देखिएपछि रुकुमपूर्वमा गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

  • शुक्रबार​ २१ कात्िक २०८३ ०८:०० PM
रुकुमपूर्व : प्रसूतिको क्रममा स्वास्थ्यमा जटिल समस्या देखिएपछि रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–५, हुकामकी १८ वर्षीया रिमा सुनारलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत सुनारलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेत लगिएको हो। जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको सिफारिसमा हवाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिइन्। दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलामा प्रसूति जटिलता देखिए