संकटमा मधेस सरकार, नेकपाले पनि छोड्यो मुख्यमन्त्रीको साथ

  • शुक्रबार​ २१ कात्िक २०८३ ०८:०० PM
जनकपुरधाम : मधेस प्रदेश सरकार फेरि संकटमा परेको छ। नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी नेकपा र नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि मधेस सरकार अल्पमतमा परेको हो। सरकारबाट बाहिरिने निर्णय गरेको नेकपाका मन्त्रीहरूले शुक्रबार पदबाट राजीनामा दिएका छन्। नेकपाका मन्त्रीहरूले शुक्रबार प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन्। नेकपाका अर्थमन्त्री तथा नेकपा संसदीय दलका नेता युवराज भट्टराई, उद्योग, पर्यटन तथा वनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ