राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकार सञ्चालनमा बाधक नबन्ने तर देशमा विधिको शासन स्थापना गर्न र बेथिति अन्त्य गर्न निरन्तर सचेत रहने बताएका छन् । चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पार्टी संगठन र सरकारबीच कुनै द्वन्द्व नरहेको स्पष्ट पारे । उनले कार्यकर्तालाई मर्यादा र सुसंस्कृत राजनीतिक संस्कार अपनाउन