न्यायाधीश नियुक्तिमा गम्भीर प्रश्न, संसदीय सुनुवाइमा उठ्यो न्यायिक विचलन र भ्रष्टाचारको विषय

  • शुक्रबार​ २१ कात्िक २०८३ ०२:०२ PM
सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरूविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिने व्यक्तिहरूले सम्बन्धित मुद्दाका फैसला, न्यायिक निष्पक्षता, नैतिक आचरण र सम्पत्ति विवादमाथि गम्भीर प्रश्न उठाएका छन् । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा उजुरीकर्ताहरूले प्रस्तावित न्यायाधीश गोकर्ण डाँगी, चन्द्रबहादुर सारुलगायतको न्यायिक कार्यसम्पादन र विगतका विवादित फैसलाबारे प्रश्न उठाउँदै सम्बन्धित मिसिल तथा प्रमाण अध्ययन गर्न माग गरेका हुन्