काठमाडौं : नेपालका लागि भारतीय राजदूत सुधाकर देलालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा नवनियुक्त राजदूत देलालले शुक्रबार राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।देलाल जिम्मेवारी सम्हाल्न गत मंगलबार काठमाडौं आइपुगेका थिए। त्यसलगत्तै भारतीय विदेश सचिव विक्रम मिश्रीको टोलीसँगै उनी उच्चस्तरीय राजनीतिक भेटवार्तामा सहभागी भएका थिए।यसैबीच आजै लाओसका गैरआवासीय राजदूत विथाया जायभोङ र पानामा गणतन्त्रका गैरआवासीय राजदूत अलो