काठमाडौं : बुढानीलकण्ठ नगरपालिका र चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालबीच नगरवासीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा सहकार्य भएको छ।नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नागरिक, नगरपालिकाको स्वास्थ्य चौकी तथा नगर अस्पतालबाट प्रेषण गरिएका बिरामी र नगरपालिकाअन्तर्गतका कार्यालयमा कार्यरत कर्मचारीलाई स्वास्थ्य सेवामा छुट उपलब्ध गराउने गरी दुई पक्षबीच सम्झौता भएको हो।सम्झौताअनुसार अस्पतालले नगरपालिकाको सिफारिस वा स्वास्थ्य चौकी तथा नगर अस्पतालको प्रेषण पत्रका आधारमा बिरामीलाई व