चितवनले पोखरालाई दियो १५२ रनको लक्ष्य

  • शुक्रबार​ २१ कात्िक २०८३ ०७:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको १७औं खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १५२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनायो।  चितवनले पावरप्लेमा राम्रो सुरुवता गरेको थियो। बिना कुनै विकेटको क्षती ४४ रन बनाएको चितवनले मध्यक्रममा पावरप्लेको गति निरन्तर गर्न सकेन। चितवनको लागि कप्तान शिकन्दर राजाले सर्वाधिक ३७ रन बनाए। उनले १६ बलमा २ चौका र ४ छक्का प्रहा