प्रस्तावित न्यायाधीश सारूलाई वर्षमानको प्रश्न : कार्यपालिकाको दबाबबाट न्यायालय कसरी मुक्त हुन्छ ?

  • शुक्रबार​ २१ कात्िक २०८३ १२:२२ PM
काठमाण्डु- नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चन्द्रबहादुर सारूसँग न्यायपालिकाको स्वतन्त्रता र कार्यपालिकाको दबाबबाट मुक्त भएर न्याय सम्पादनबारे प्रश्न गरेका छन्। शुक्रबार सिंहदरबारमा भएको संसदीय सुनुवाइका क्रममा पुनले सारूको लामो न्यायिक अनुभवको प्रशंसा गर्दै सर्वोच्च अदालतमा विषयगत विज्ञताका आधारमा इजलास गठन गर्दा विगतका विकृति दोहोरिन नदिन के गर्न सकिन्छ भन्ने जिज्ञासा