काठमाण्डु- मधेश प्रदेश सरकारमा सहभागी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का चार मन्त्रीले शुक्रबार राजीनामा बुझाएका छन्। राजीनामा दिनेमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहा र गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो छन्। अर्थमन्त्री भट्टराईले आफूहरूले केन्द्रको निर्देशनअनुसार राजीनामा बुझाएको जानकारी दिए। मधेस प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ।