ओलीको क्षेत्र दमक पुगेर बादलले भने, ‘देश पश्चिमा शक्तिले खत्तम पारेको उदाहरण देखिए’

  • शुक्रबार​ २१ कात्िक २०८३ १२:५३ PM
काठमाण्डु – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक पुगेर उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले विभिन्न जलेका पार्टी कार्यालयसँगै सार्वजनिक संरचनाहरू नियालेका छन् । दमक नगर कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले, कांग्रेस, तत्कालीन माओवादी लगायतले पश्चिमी शक्तिको स्वार्थ पूरा नगरेपछि ती दलको पार्टी कार्यालय र नेता–कार्यकर्ताको घर–भवन जलाएर ध्वस्त पार्न लगाइएको आरोप लगाए ।